२०८२ साउन ०६ गते
काठमाडौ । मंगलबार सेयर बजार ३ हजार विन्दु नजिक पुगेको छ । बजार खुल्दा (११ बजे) २८९५.०४ विन्दुमा थियो तर बजार २९७३.५० मा पुगेर बन्द भएको छ ।
२० अर्ब ८ करोड ५३ लाख बराबरको सेयर कारोबार भएको आजको बजारमा ५ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो । ट्रेड टावरको सेयर मूल्य सबैभन्दा बढी छ । १० प्रतिशतले बढेको ट्रेड टावरको सेयर मूल्य ५५३.८० रुपैयाँ प्रतिकित्ता पुगेको छ ।
शिवम सिमेन्टको पनि ९.९९ प्रतिशतले सेयर मूल्य बढेर ६२६ रुपैयाँ प्रतिकित्ता पुगेको छ । आज ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ । यो सँगै बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । आजको बजार ८०.९७ विन्दुले बढेको हो । आज सबै समुहमा हरियाली छ ।
प्रतिक्रिया