२०८२ वैशाख २८ गते
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ूसीधा वार्ताूको आह्वान गरेका छन्। उनले त्यो ूढिलो नगरीकनै, छिटोमा १५ मे माू गर्नु पर्ने बताएको बीबीसीले जनाएको छ।
'हामी गम्भीर वार्ता खोजिरहेका छौँ, द्वन्द्वका मूल कारण हटाउन र दिगो तथा बलियो शान्तितर्फ अघि बढ्नका लागि' उनले शनिवार राति अबेर गरी क्रेमलिनबाट प्रसारित दुर्लभ टेलिभिजन सम्बोधनका क्रममा भनेको बीबीसीले उल्लेख गरेको छ । यूकेका प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसहितका युरोपेली नेताहरू युक्रेन पुगेर निस्सर्त ३० दिने युद्धविराममा सहमत हुन रुससँग आग्रह गरेको केही घण्टामा पुटिनको यो भनाइ आएको हो।
पुटिनले टर्कीको इस्तानबुलमा उक्त वार्ता प्रस्ताव गरेका छन्।उनले आइतवार टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनसँग यसबारे कुरा गर्ने बताए।किएभले पुटिनको प्रस्तावमा भने कुनै टिप्पणी गरेको छैन।
प्रतिक्रिया