साताको अन्तिम कारोबार दिन घटेर बन्द भयो शेयरबजार, दशैं खर्च जोहो गर्नेका कारण बजार घटेको अनुमान

२०८१ असोज १० गते

साताको अन्तिम कारोबार दिन घटेर बन्द भयो शेयरबजार, दशैं खर्च जोहो गर्नेका कारण बजार घटेको अनुमान

काठमाडौँ। बुधबार झन्डै ५० अंकको सुधार देखिएको नेप्से परिसूचकमा आज भने दोहोरो अंकको गिरावट आएको छ । यस दिन बजार ३२.८१ अंकले घटेर २४८६.८१ बिन्दुमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.३० प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से ठूलो अंकले घटेसँगै कारोबार रकममा पनि घटेको छ । बुधबार ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३२२ स्टकको ६५ हजार दुई सय ५८ पटकको कारोबारमा चार अर्ब ८४ करोड रुपैयाँ बराबरको एक करोड ३६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा ३९ वटा कम्पनीको शेयर बढेको छ र २०१ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै चार कम्पनीको शेयर भने स्थिर रहेको छ ।

बिहिबार नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक स्थिर रहेको छ । यस दिन एक मात्र बढ्ने उपसमूहमा व्यवसाय उपसमूह रह्यो जसको परिसूचक १.१ प्रतिशतले घटेको छ  । त्यस्तै सर्वाधिक घट्नेमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ।

यस दिन सर्वाधिक बढ्ने स्टकमा वेअन नेपाल लघुवित्त रह्यो जसको शेयरमा ९.८५ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै सर्वाधिक घट्नेमा ग्रिन भेन्चर लिमिटेड रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा अपि पावर लिमिटेड रह्यो जसको ४७ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ ।

किन घट्यो बजार?

शेयर बजारका जानकारहरु घटिरहेको बजारबाट अतालिएका नव प्रवेसी लगानीकर्ताहरुले दशैं खर्च जोहोको लागि सेलिङ्ग प्रेसर बढाउँदा पनि बजार घट्न पुगेको बताउँछन् । तर यहि मौका छोपी ठूला लगानीकर्ता भने बिस्तारै शेयर एक्युमुलेट गरिरहेको शेयर बजार विश्लेषक गोपाल भट्ट बताउँछन्।