२०८१ साउन २४ गते
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छ ।
कुल १३ उपसमूहमा ६ उपसमूह मात्र बढेको छ । बाँकी ७ उपसूचक राताम्य बनेको छ ।
यस दिन ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । बजारमा सामान्य वृद्धि हुँदा ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया