२०८० फागुन १६ गते
काठमाडौँ । आज फाल्गुन १६ गते सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ भर्ने अन्तिम दिन रहेको छ । कम्पनीले फाल्गुन १३ गतेबाट सर्वसाधारणको लागि २७ लाख ७६ हजार ७६ कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो ।
कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको कारण शेयरको मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको छ । सर्वसाधारणले शेयरको लागि आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म भर्न पाउनेछन् । कम्पनीको न्युनतम शेयर ५० कित्ता भर्नको निम्ति रु. अठार हजार ४५ पर्नेछ ।
शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रिया