सर्वोच्च अदालतमा दुर्गा प्रसाईंको रिटमा सुनुवाइ हुँदै

२०८१ मंसिर १२ गते

सर्वोच्च अदालतमा दुर्गा प्रसाईंको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। आज सर्वोच्च अदालतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ जारी छ । बुधबार सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्चले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो । यसअघि मङ्सिर ९ गते आइतबार सर्वोच्चले विपक्षीलाई बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो । मङ्गलबार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो ।

Advertisement:

Ad
Ad

सर्वोच्चमा प्रसाईंका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । यही मङ्सिर ४ गते सिआइबीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।