२०८१ मंसिर १३ गते
काठमाडौ । समस्यामा परेको कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पहिरो गएको छ । बिहिबार यसको सेयर मूल्य ५७.९० रुपैयाले घटेर ७ सय ८८ रुपैयाँ कायम भएको छ । केन्द्रिय बैंकले मंगलबार समस्यामा परेको सुचना सार्वजनिक गर्दै निक्षेप र कर्जा प्रवाहमा रोक लगाएको थियो । यसको भोलिपल्टै दोस्रो बजारमा यसको सेयर मूल्यमा सर्किट लागेर बढेको थियो । समस्यामा परेको कम्पनीको सेयर मूल्य अचाक्ली बढेपछि मूल्यमा चलखेल भएको आशंका गरिएको थियो । आज फेरी यसको सेयर मूल्यमा गिरावट आएको छ । यसको सेयर मूल्य ६.८४ प्रतिशतले घटेको छ । सर्वाधिक गुमाउँने कम्पनीको सुचिमा कर्णाली डेभलपमेन्ट बैंक परेको छ ।
प्रतिक्रिया