सरकारले रुस र युक्रेनको श्रम स्वीकृतिमा लगायो रोक

२०८० पुस १९ गते

सरकारले रुस र युक्रेनको श्रम स्वीकृतिमा लगायो रोक

काठमाडौं । सरकारले रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक लगाएको छ। वैदेशिक रोजगार विभागले विज्ञप्ति जारी गर्दै युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक लगाएको जानकारी दिएको छ।

नेपालीहरू रुसी सेनामा भर्ना भई ज्यान गुमाउनुपरेको तथ्यलाई मध्यनजर गर्दै सरकारले श्रम स्वीकृतिमा रोक लगाएको हो।

Advertisement:

Ad
Ad

रसिया तथा युक्रेनबीच युद्ध भइरहेको र नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको सन्दर्भमा अध्ययन तथा छानविन भइरहेकाले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगतरूपमा नेपाली नागरिक रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्युनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ, विज्ञप्ति जारी गर्दै विभागले भनेको छ।

रुसी सेनामा भर्ना भएका हालसम्म १० जना नेपालीको मृत्यु भइसकेको छ भने चार जनालाई युक्रेनले बन्दी बनाएको छ। परराष्ट्र मन्त्रालयले मृतकहरूको शव नेपाल पठाउन र बन्दी बनाइएकालाई रिहा गर्न पहल गरिरहेको बताएको छ।