सरकारले हटायो कुलमानलाई

२०८१ चैत ११ गते

सरकारले हटायो कुलमानलाई

काठमाडौ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ ।उनको ठाउँमा यसअघिका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

घिसिङले २०७३ सालको लक्ष्मी पुजादेखि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको घोषणा गरेपछि लोकप्रियता कमाएका थिए । उज्यालोको नायकको संज्ञा पाएका उनलाई दोस्रोपटक पनि प्रचण्ड सरकारले कार्यकारी निर्देशक बनाएको थियो । तर दोस्रो कार्यकाल उनका लागी निकै चुनौती बन्यो । विशेषगरी उर्जामन्त्रीमा दीपक खड्का आएपछि उनी सधै सरकारको निशानामा परे । उनलाई पटक पटक स्पष्टिकरण समेत सोधिएको थियो । तर उनले सरकारलाई नै चुनौती दिइरहेका थिए ।

Advertisement:

Ad
Ad