‘सरकारले दुई तिहाई बहुमतको दम्भमा कुलमानलाई हटाउने गलत निर्णय गरेको छ’

२०८१ चैत १२ गते

‘सरकारले दुई तिहाई बहुमतको दम्भमा कुलमानलाई हटाउने गलत निर्णय गरेको छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय गलत र आपत्तिजनक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै उनले घिसिङको नेतृत्वमा लोडसेडिङ घटेको भन्दै दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेका छन् ।

स्ट्याटस भनिएको छ, ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ । सरकारले मन्त्रीपरिषद् बैठकबाट उहाँलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट सार्वजनिक भएको छ । आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु ।’

Advertisement:

Ad
Ad

यस्तै, प्राधिकरणको बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि उनको भनाई थियो ।