संसदमा रवि लामिछानेको राजीनामा माग

२०८० चैत ०६ गते

संसदमा रवि लामिछानेको राजीनामा माग

काठमाडौँ । नेपाली कांग्रेसले संसदमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । कांग्रेस नेता रमेश लेखकले संसदमा बोल्दै प्रधानमन्त्रीले गृहमन्त्रीबारे अनावश्यक बचाउ गरेको भन्दै सहकारीको रकम अपचलन गर्ने काममा संलग्न गृहमन्त्री रवि लामिछानले तत्काल राजीनामा दिएर छानबीनमा सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने -"प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताउनुभयो,जवकि सहकारी पिडीतहरुले जाहेरी नै दिएका छन् कि गोर्खा मिडियाको नाममा सहकारीको करोडौँ रकम निकाशा भएको छ ।"

नेता लेखकले यस अघि संसदीय इतिहाँसमा कुनै पनि सांसद या मन्त्रीमाथि प्रश्न उठ्दा पदमा रहन नमिल्ने नजिर भएको हुँदा लामिछानेले पनि राजीनामा दिएर छानबीनको दायरामा आउन आग्रह गरे । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको नाममा कुलेसो खाता नं ४/९ मार्फत पेश्की फछ्र्यौट गरेको पाइएको छ । पिडीतहरुले सहकारीका सञ्चालक र रवि लामिछानेविरुद्ध कास्की जिल्ला प्रहरीमा जाहेरी दिएका छन् ।

Advertisement:

Ad
Ad