सानिमा रिलायन्स लाईफको बोनस सेयर लिएका सेयरधनीलाई कर वापतको रकम जम्मा गर्न आग्रह

२०८१ पुस २९ गते

सानिमा रिलायन्स लाईफको बोनस सेयर लिएका सेयरधनीलाई कर वापतको रकम जम्मा गर्न आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बोनस शेयर वातप्को रकम जम्मा गर्न सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने निर्णय भएको १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वापतको रकम जम्मा गर्न भनेको हो ।

उक्त बोनस शेयर कम्पनीको गत असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो । साविकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट २०७९ साल चैत ९ गतेदेखि एकिकृत कारोबार सुरु भएको थियो । आयकर ऐन २०५६ को व्यवस्था बमोजिम गाभिएको मितिमा कायम रहेका शेयरधनीहरुलाई गाभिएको मितिबाट दुई वर्षसम्म लाभांशमा कर नलाग्ने व्यवस्था रहेको छ ।

Advertisement:

Ad
Ad

एकिकृत कारोबार मितिपश्चात् कायम शेयरधनीहरुले बोनस शेयर वापत् लाग्ने ५ प्रतिशत रकम र्बैक खातामा जम्मा गरी सोको भौचर स्क्यान गरी कम्पनीलाई उपलब्ध गराएपछि बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको एनएमबि बैंकको बबरमहल, काठमाडौं शाखामा रहेको ९९०००५३६६७८००१७३ खातामा बोनस शेयरमा लाग्ने कर वापत्को रकम जम्मा गर्नुपर्ने भएको हो । कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।