सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण कार्य स्थगन

२०८१ भदौ २६ गते

सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण कार्य स्थगन

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक र सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण कार्य स्थगन गरिएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलले बुधवार सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम हाल उक्त योजनाको प्रतिफल वितरण गर्ने कार्य स्थगत गरिएको जानकारी दिएको हो ।

यस योजनाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत १० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ २६ गते बुक क्लोजको मिति तय गरिएकोमा सोही दिन हाललाई प्रतिफल वितरण कार्य स्थगन गरिने जानकारी गराइएको हो ।

Advertisement:

Ad
Ad