सुनको मूल्य साढे २ लाख नाघ्यो

२०८२ असोज ३० गते

सुनको मूल्य साढे २ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । 


बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  

Advertisement:

Ad
Ad

बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी  आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोवार भइइरहेको छ ।