सामाजिक सञ्जालबाट हुने ठगी बढ्न थालेपछि सिआइबीले भन्यो, स्क्यामर तथा ह्याकरबाट बच्नु, प्रलोभनमा नपर्नु

२०८१ कात्तिक २४ गते

सामाजिक सञ्जालबाट हुने ठगी बढ्न थालेपछि सिआइबीले भन्यो, स्क्यामर तथा ह्याकरबाट बच्नु, प्रलोभनमा नपर्नु

काठमाडौ । पछिल्लो समय सामाजिक सञ्जालबाट हुने ठगी बढ्दै गएपछि सरोकारवाला निकायको टाउको दुखाइको विषय बनेको छ । बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक संजाल (फेसबुक, ह्वाट्सएप, इमेल, भाइबर तथा इन्स्टाग्राम) बाट हुने ठगी बढेको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले त्यस्ता ठगीबाट बच्न सर्वसाधारणलाई अपिल गरेको छ ।

ब्युरोका तर्फबाट प्रवक्ता होबिन्द्र बोगटीले एक सुचना जारी गर्दै सामाजिक सञ्जालको प्रलोभनमा परेर अनलाइन भुक्तानी नगर्न भनेका छन् । सामाजिक संजालको माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलो भनमा पारी सो बापत बैङ्क तथा बित्तिय संस्थाको अनलाइन पेमेन्ट गेटवे मार्पmत रकम ठगी गर्दै आईरहेको छ । हाल आएर विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाँईको खाता रिन्यू वा अपडेट गर्नुपर्ने छ भनि व्यक्तिगत स्क्यामर तथा ह्याकरले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरु लिने तथा बैंकमा समेत खाता खोली विभिन्न खातावालाहरूको खाताबाट पैसा ट्रान्सफर गर्ने गरेको पाइएको सिआइबीले भनेको छ । यस्ता खालका गतिविधिको उजुरी सिआइबीमा बढ्दो क्रममा रहेको छ ।

Advertisement:

Ad
Ad