साल्ट ट्रेडिङ्ग कर्पोरेशनले वितरण गर्यो १५ प्रतिशत बोनस शेयर

२०८१ जेठ २७ गते

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले वितरण गर्यो १५ प्रतिशत बोनस शेयर

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले यस वर्षको १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर एक महिनाभित्र वितरण गरेको हो ।

धितोपत्र दोस्रो बजारमा जेठ २१ गते बोनस शेयरवापत्को शेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । चैत ८ गतेसम्म कायम शेयरधनीरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् । चैत ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

Advertisement:

Ad
Ad

बोनस शेयर हितग्राही खातामानै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथासिघ्र खोली आफ्नो बोनस प्राप्त गर्न समेत कम्पनीले भनेको छ ।