२०८२ कात्तिक २५ गते
साहस उर्जा कम्पनी लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। साथै, बोनस शेयरमा लाग्ने कर भुक्तानीका लागि १.१०५३ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरिएको छ।
यसबाहेक, गत वर्षको साधारण सभाबाट पारित १ बराबर १ हकप्रद शेयर जारी गर्ने निर्णयलाई संशोधन गर्दै, अब बोनस वितरणपछि कायम हुने चुक्तापुँजीका आधारमा हकप्रद शेयर जारी गर्ने निर्णय पनि सोही बैठकले गरेको छ।
प्रतिक्रिया