सहकारीको समस्या समाधानको लागि कानुनी सुधार गर्न कार्यदल गठन

२०८१ कात्तिक २१ गते

सहकारीको समस्या समाधानको लागि कानुनी सुधार गर्न कार्यदल गठन

काठमाडौ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले औंल्याएका कानूनी सुधारका कार्य अघि बढाउन कार्यदल गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानून हेर्ने सचिव फणिन्द्र गौतमको नेतृत्वमा कार्यदल गठन भएको हो ।

सचिव गौतमको नेतृत्वमा पाँच सदस्य रहने गरी कार्यदल गठन गरिएको छ। कानुनी सुधार मस्यौदा सहित प्रतिवेदन पेस गर्न कार्यदललाई ३० दिनको समय दिइएको प्रधानमन्त्ती तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । समिति सदस्यमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव, नेपाल राष्ट्र बैंकको वित्तीय सुपरीवेक्षण तथा नियमन क्षेत्र हेर्ने निर्देशक र सहकारी विभागको रजिस्ट्रार एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नमराज घिमिरे सदस्यसचिव छन् ।

Advertisement:

Ad
Ad