सहकारीका वास्तविक पीडित ओझेलमा छन्ः मन्त्री अधिकारी

२०८१ भदौ १९ गते

सहकारीका वास्तविक पीडित ओझेलमा छन्ः मन्त्री अधिकारी

काठमाडौं।  भूमि व्यवस्था सहकारी तथा गरित्री निवारण मन्त्री बलराम अधिकारीले वास्तविक सहकारी पीडितहरु ओझेलमा परेको बताएका छन् । बुधबार सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘सहकारीमा एउटै प्रकृतिका मानिसहरु छैनन । कोहि बचत गरेर भोलीका दिनमा आफ्ना सन्तानहरुका लागि खर्च गर्छु भन्ने छन् । अर्कोतिर बढी ब्याज पाउने आशमा बैंकबाट पैसा निकालेर सहकारीमा राख्नेहरु पनि छन् । अहिले आन्दोलन गर्नेहरु पनि तिनै हुन् । उनीहरु सडकमा आएर आन्दोलन गरिरहेका छन् । वास्तविक सहकारी पीडितहरु ओझेलमा छन् ।’ तर, सहकारी पीडितहरुले आन्दोलनका क्रममा राखेका मागबारे मन्त्रालयले सम्बोधन गरेको समेत उनले दाबी गरे । समस्यामा परेका सहकारीहका लागि समाधान गर्ने काम समेत भइरहेको उनले जानकारी दिए ।

Advertisement:

Ad
Ad

राम्रा नराम्रा सबै सहकारीहरुलाई एउटै बास्केटमा राखेर हेरिएको समेत उनले असन्तुष्ट जनाए । मन्त्री अधिकारीले भने, ‘सहकारीप्रति अहिले विभिन्न होहल्ला भइरहेको छ । यसबारे भ्रम फैलाउने काम भइरहेको छ । सहकारी भनेका सबै खराब हुन् की भन्ने सन्देश बाहिर गएको छ । सहकारी भनेका सबै खराब हुन् भनेर प्रचार गरिएको छ । के सबै खराब हुन् त ? केहि सहकारी सञ्चालकहरुले बदनाम गरे भन्दैमा सबै खराब भन्न नमिल्ने समेत उनले आग्रह गरे ।

राम्रा र नराम्रा सबै सहकारीबारे बारेमा स्पष्टरुपमा बाहिर ल्याउनु पर्ने आजको आवश्यकता रहेको उनले बताए । समस्याग्रस्त सहकारीहरुमा प्रतिनिधि जानेबारे उनले असन्तुष्टी जनाउँदै उनले अगाडी भने, ‘३१ हजार सहकारी छने । ती सबै सहकारीबाट प्रतिनिधि पठाएर सकिन्छ ? सहकारी महासंघको प्रतिनिधिहरुप्रति सहकारीकर्मीहरु नै किन सन्तुष्ट हुन नसकेका हुन् ?’ सहकारीमा समस्याहरु समाधान गर्नका लागि तत्कालै कुनै सम्भव नहुने समेत उनले इंकित गरे । ढिलै भएपनि सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने मन्त्री अधिकारीले प्रतिवद्धता व्यक्त गरे । सबै सहकारीको नियमन केन्द्रले गर्ने व्यवस्थासहित नयाँ व्यवस्था गर्न लागेको समेत उनले जानकारी दिए ।