साढे १ बजेसम्म पनि प्राधिकरणलाई बिजुलीको लाइन जोड्ने लिखित निर्देशन गएन, मन्त्रालय भन्छः पत्र तयार गर्दैछौं

२०८१ कात्तिक २६ गते

साढे १ बजेसम्म पनि प्राधिकरणलाई बिजुलीको लाइन जोड्ने लिखित निर्देशन गएन, मन्त्रालय भन्छः पत्र तयार गर्दैछौं

काठमाडौ । बिजुलीको लाइन काटिएका उद्योगीको आज १२ बजेभित्र लाइन जोड्न सरकारले निर्देशन दिने निर्णय आइतबारको मन्त्रिपरिषद्को बैठकले गर्यो । तर, यो सामाचार तयार पार्दासम्म (१ः२५ बजे) सरकारको तर्फबाट नेपाल विद्युत प्राधिकरणलाई कुनै पनि निर्देशन नगएको बुझिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय स्रोतले १२ बजेभित्र निर्देशन पठाउँन नसकिएपनि अहिले त्यसैको लागि पत्र तयार भइरहेको बाणिज्य पोष्टलाई  बताएको छ । स्रोत भन्छ, ‘१२ बजे भन्ने वित्तिकै सोही समयमा नभएपनि हामीले निर्देशन पठाउँने तयारी गरेका छौं, आजै निर्देशन जान्छ ।’

यता, नेपाल विद्युत प्राधिकरणले आफुहरुले निर्देशन दिने विषय मिडियाबाट सुनेको बताएको छ । प्राधिकरणका प्रवक्रा चन्दन कुमार घोषले साढे १ बजेसम्म कुनै निर्देशन लिखितरुपमा प्राप्त नभएको बताएका छन् । उनी भन्छन, ‘निर्देशन आउँछ भन्ने सुनेका हौ । सोही निर्देशनको पर्खाइमा छौं ।’

Advertisement:

Ad
Ad

बक्यौता नतिरेकोभन्दै प्राधिकरणले तिहारअघि ३४ वटा उद्योगको लाइन काटेको थियो । १२ उद्योगले यसबीचमा बक्यौताको पहिलो किस्ता तिरेका छन् । बक्यौताको पहिलो किस्ता तिरेका उद्योगमा भने लाइन जोडिएको छ ।