सडक निर्माणको काम रोक्न बालेनले पठाए प्रहरी, न्यूरोड क्षेत्र तनावग्रस्त

२०८१ जेठ २१ गते

सडक निर्माणको काम रोक्न बालेनले पठाए प्रहरी, न्यूरोड क्षेत्र तनावग्रस्त

काठमाडौं । सडक निर्माण रोक्न काठमाडौं महानगर प्रहरी पुगेपछि न्यूरोड क्षेत्र तनावग्रस्त बनेको छ। काम रोक्न महानगर प्रहरी पुगेपछि स्थानीयहरूले सडक निर्माणको काम रोक्नु पाइँदैन भन्दै नाराबाजी गरेका थिए। अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ।

काठमाडौं महानगरले फुटपाथ विस्तार गर्ने भन्दै न्यूरोड सडक किनाराको पीच भत्काएको थियो। महानगरले भत्काएको उक्त आज सडक विभागले बनाउन थालेको थियो।

Advertisement:

Ad
Ad

स्थानीयहरूले जथाभावी सडक भत्काएको भन्दै सडक विभागमा उजुरी दिएका थिए। त्यसपछि सडक विभागले न्यूरोडस्थित सडक कार्यलयलाई महानगरले भत्काएको सडक तत्काल बनाउन निर्देशन दिएको थियो।