रुरु जलविद्युत परियोजनाले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने, ८० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव

२०८१ असोज १५ गते

रुरु जलविद्युत परियोजनाले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने, ८० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । १५ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको आधारमा कम्पनीले ८० प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ८० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत गरेको छ ।

यी उल्लेखित प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ११ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । असोज १२ गतेकै सञ्चालक समितिको बैठकले लिसरा रिसेम्सन्स , नक्साल, काठमाडौ.मा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

Advertisement:

Ad
Ad

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूाजीलाई आवश्यकता अनुसार बृद्धि गर्नुपर्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कम्पनीले कात्तिक ३० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।