रोल्पा जीप दुर्घटना - ७ जनाको मृत्यु, ७ जना घाइते

२०८१ असार १८ गते

रोल्पा जीप दुर्घटना - ७ जनाको मृत्यु, ७ जना घाइते

रुपन्देही । रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा सोमबार भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दिउँसो ४ बजे लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका९३ परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

सो घटनामा परेर ५ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीले वाणिज्यपोष्टलाई जानकारी गराए।

Advertisement:

Ad
Ad

उनका अनुसार अहिले पनि पानी परिरहेकाले सबै घाइतेलाई अस्पताल पुराउन सकिएको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार माडी गाउँपालिका २ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको थियो ।

घटनापछि घर्तीगाउँको प्रहरी उद्दारका लागि पुगेको थियो ।