ऋण व्यवस्थापन कार्यालयद्वारा ३३ अर्बको ट्रेजरी बिल जारी गर्दै

२०८१ जेठ १४ गते

ऋण व्यवस्थापन कार्यालयद्वारा ३३ अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडौँ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले एक सुचना जारी गर्दै जेठ १६ गते ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको हो।

कार्यालयले ९१ दिनको लागि ५ अर्बको नयाँ र ५ अर्ब नबीकरण गरि १० अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनको लागि ६ अर्बको नयाँ र ५ अर्ब नबीकरण गरि ११ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ ।

Advertisement:

Ad
Ad

त्यस्तै, ३६४ दिनको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ । यी ट्रेजरी बिल क्रमशः भदौ ५ गते, मंसिर ११ गते र २०८२ जेट १४ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।