मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

२०८२ साउन २६ गते

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

काठमाडौं यसवर्ष साउन २५ सम्म मधेशमा करीब साढे २० प्रतिशत कम धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको तुलनामा मधेशमा हाल सम्म २०.४६ प्रतिशत कम धान रोपाइँ भएको हो

गत वर्ष मधेशमा यस अबधि सम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको थियो तर, यसवर्ष मधेशमा हाल सम्म ७६.५४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकमा उल्लेख

Advertisement:

Ad
Ad

मन्त्रालयका अनुसार सूदूरपश्चिम प्रदेशमा भने यसवर्षको धान रोपाइँ सकिएको हाल सम्म सूदूरपश्चिममा शत प्रतिशत रोपाइँ सकिएको हो यस प्रदेशमा लाख ७५ हजार ६५२ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको

कर्णाली प्रदेशमा हाल सम्म ९८. प्रतिशत धान रोपाइँ सकिएको यस प्रदेशमा ४१ हजार हेक्ट जमिनमा धान खेती गरिन्छ गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ९९ प्रतिशत रोपाइँ सकिएको थियो

लुम्बीनी प्रदेशमा हाल सम्म ९८.०७ प्रतिशत धान रोपाइँ भएको गत वर्ष यस अवधि सम्म लुम्बीनीमा ९८ प्रतिशत धान रोपाइँ भएको थियो यस प्रदेशमा कुल लाख हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको

गण्डकी प्रदेशमा हाल सम्म ९२.७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको गत वर्ष यस अवधिसम्म यस प्रदेशमा ९७ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको

बागमती प्रदेशमा हाल सम्म ९३.५६ प्रतिशत धान रोपाइँ भएको गत वर्ष यस अवधि सम्म यहाँ ९९ प्रतिशत रोपाइँ भएको थियो यस प्रदेशमा कुल लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको

कोशी प्रदेशमा हाल सम्म ९४.४२ प्रतिशत धान रोपाइँ सकिएको गत वर्षको यस अबधि सम्म यस प्रदेशमा ९८ प्रतिशत धान रोपाइँ सकिएको थियो यहाँ  कुल लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको यहाँ गतवर्ष यस अवधि सम्म १३. प्रतिशत रोपाइँ सम्पन्न भएको थियो

मन्त्रालयका अनुसार देशभर १३ लाख ७८ हजार ९६६ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा १२ लाख ५४ हजार ८८६ हेक्टर जमिनमा रोपाइँ सकिएको हो समग्रमा गतवर्षको तुलनामा भने यसवर्ष हाल सम्म प्रतिशत धान रोपाइँ कम भएको गत वर्ष हाल सम्म देशभर ९८ प्रतिशत धान रोपाइँ सकिएको थियो