२०८१ पुस ०२ गते
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइएको छ । गत मंसिर २७ गते दिएको ५ दिन समय सकिएसँगै मंगलबार म्याद थपका लागि उनलाई अदालत उपस्थित गराइएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनलाई आज पनि म्याद थपको माग सरकारी वकिल कार्यालयले गरेको छ ।
सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । कास्की प्रहरीले रविविरुद्ध अनुसन्धान सकेर सोमबार मात्रै सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया