रवि लामिछानेका साझेदार गोर्खा मिडिया ग्रुपका संचालक पूर्वडीआइजी छबिलाल जोशी पक्राउ

२०८१ असोज ०६ गते

रवि लामिछानेका साझेदार गोर्खा मिडिया ग्रुपका संचालक पूर्वडीआइजी छबिलाल जोशी पक्राउ

काठमाडौँ । सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालक छबिलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीको पत्रका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शं‍खमूलबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ ।

Advertisement:

Ad
Ad