राज्यले चिनेन बाल गायक सचिनलाई, खर्च अभावमा राम्रो उपचार नपाई मृत्युवरण गर्न पुगे

२०८१ पुस १८ गते

राज्यले चिनेन बाल गायक सचिनलाई, खर्च अभावमा राम्रो उपचार नपाई मृत्युवरण गर्न पुगे

काठमाडौँ । बाल गायक सचिन परियारको मृत्यु भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालको आइसीयूमा उपचाररत परियारको बिहीबार निधन भएको हो ।

युट्युवमा अन्तर्वार्ता दिएर एकाएक भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गाएका छन् । त्यसैगरी विभिन्न लाइभ दोहोरीमा गायन तथा अभिनय गरिसकेका परियारले नायक राजेश हमालसँग पनि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले चर्चित हाँस्य टेलिसिरियल मेरी बास्सैमा पनि आफ्नो कला प्रदर्शन गरिसकेका छन् ।

Advertisement:

Ad
Ad

९ वर्षको कलिलो उमेरमा गायनमार्फत सचिन चर्चामा आएका थिए । गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए । उनको नाम भजाएर युट्युबरहरुलाई हजारौं सब्सक्राइबर र लाखौं डलर मिलेको थियो । तर उनी स्वयमंले भने आर्थिक अभावकै कारण राम्रो उपचार पाउन नसकेको बताइन्छ ।

सचिनको पहिलो गित ‘ओठ खोलेर’ बोलको गीत निकै रुचाइएको गित हो जसले उनलाई सेलिब्रेटि बाल गायक बनायो । सचिनले सानै उमेरमा दर्जनौँ गीत गाएका छन् । सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’ मा पनि हिट बने । हँसिलो अनुहार, चञ्चलता र मिठासपूर्ण बोली धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो । उनले गाएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि उनलाई गीत रेकर्ड गर्नका लागि काठमाडौं ल्याइएको थियो ।

सामाजिक सञ्जालबाट चर्चामा आएका सचिनले केही समय चर्चासँगै सबैको माया पाए तर पछिल्लो केही समययता उनी अस्पतालको बेडमा छटपटाइरहेका थिए । कम्मरमुनिको भाग राम्रोसँग नचल्ने सचिन केही महिना यता राम्रो सँग बोल्न सकेत नसक्ने भएका थिए । हर्मोन असन्तुलनका कारण सचिनको शारिरिक बनावट समेत उमेर अनुसारको हुन सकेको थिएन ।