रबि लामिछानेमाथि प्रहरी हिरासतमा प्रतिशोधपुर्ण व्यवहारः प्रचण्ड

२०८१ मंसिर २४ गते

रबि लामिछानेमाथि प्रहरी हिरासतमा प्रतिशोधपुर्ण व्यवहारः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमाथि अन्याय गरेको जनाएका छन । सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाइ हिरासतमा गरिएको ब्यावहारनिरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै प्रचण्डले आपत्ति जनाएका छन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

Advertisement:

Ad
Ad

रविलाई चितवनबाट रातारात अमानवीय व्यवहार देखाएर पोखरा लगेको भन्दै सरकारको आलोचना भईरहेको बेलामा प्रचण्डले पनि विरोध जनाएका हुन् ।