पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि गोली चल्यो

२०८१ असार ३० गते

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि गोली चल्यो

पेन्सिल्वेनिया। चुनावी र्‍यलीमा रहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलेको छ। नेपाली समय अनुसार आज (आइतबार) बिहान ४ः१५ बजे (स्थानिय समय अनुसार शनिबार साँझ साढे ६ बजे) पेन्सिल्वेनियामा उनीमाथि गोली चलेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

Advertisement:

Ad
Ad

गोली चल्ने बित्तिकै ट्रम्पलाई त्यहाँबाट निकालिएको थियो। ट्रम्पको दायाँ कानमा गोली लागेको देखिन्छ। र्‍यालीमा कयौँ पटक गोली चलेको आवाज सुनिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आवाज आइसकेपछि सीक्रेट सर्विस एजेन्टहरुले उनलाई तुरन्त मञ्चबाट झारेर गाडीमा लगिएको बताइएको छ। सो समयमा पनि ट्रम्पले मुठ्ठि कसेर समर्थकहरुलाई उत्साहित बनाइरहेको पनि देखिएको थियो।

बटलर काउन्टीका जिल्ला अधिकारी रिचार्ड ए गोल्डिंगरले गोली चलाउने मानिसलाई मारिसकेको पुष्टि गरेका छन्। यसका साथै र्‍यालीमा सहभागि अर्का एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ।

मिडियाका अनुसार उनी अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। उनलाई कानमा गोली लागेपछि भर्ना गरिएको थियो। उनी अब कहाँ जान्छन् भन्ने कुराको कुनै जानकारी दिइएको छैन। र्‍यालीपछि उनी न्यू जर्सीस्थित आफ्नो प्रापर्टी बेडमिन्स्टिरलाई भेट्ने कार्यक्रम तय गरिएको थियो।