पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ५९ जना बिरामी

२०८१ भदौ २७ गते

पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ५९ जना बिरामी

काठमाडौँ । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँका ५९ जना बिरामी परेका छन् । स्थानीय रीता निरौलाको घरमा लगाइए पूजाको प्रसाद खाँदा अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँका धेरैजसो मानिस बिरामी परेका हुन् ।

पूजाको प्रसादी खाएका सबै बिरामी भएको जिल्ला प्रहरी कायालय झापाका इन्स्पेक्टर मेहङ्गी तामाङले बताइन् । पूजामा सेलरोटी र अचार खाएपछि उनीहरू बिरामी परेको उनले बताइन् ।फुड पोइजनका कारण उनीहरू बिरामी भएको हुनसक्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएको उनले जानकारी दिइन् ।

Advertisement:

Ad
Ad

बिरामीहरूको उपचार भइरहेको छ । जसमध्ये ५२ जना डिस्चार्ज भइसकेको उनले बताइन् ।अन्यको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।