२०८० फागुन ११ गते
काठमाडौँ । थापाथलीस्थित प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट एक नवजात शिशु चोरी भएको छ । काभ्रे घर भएकी महिलाको २६ दिनको छोरीको चोरी भएको हो ।
शुक्रबार दिउँसो शिशु चोरिएपछि ती महिलाले जिल्ला प्रहरी परिसर, काठमाडौंमामा उजुरी दिएकी छिन् । उनले जाँचको रिपोर्ट लिन एक अपरिचित महिलालाई केहि समयलाई शिशु हेरिदिन भन्दै समात्न लगाएकी थिइन् । तर रिपोर्ट लिएर आउँदा छोरीसहित ती महिला बेपत्ता भएपछि उनले प्रहरीकोमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार उनले पार्किंगमा अर्की महिलालाई भेटेकी थिइन् ।
प्रहरीले सीसीटिभी नियाल्दा गुलाबी कुर्ता सुरुवाल, पहेँलो झोला, सेतो जुत्ता र कालो मास्क लगाएकी महिलाले नवजात शिशु बोकरे गएको देखिन्छ ।प्रहरीले हाल उपत्यकाका सबै प्रहरी कार्यालयमा सञ्चार गरी उक्त महिलाको खोजी कार्य जारी रहेको जनाएको छ ।
प्रतिक्रिया