प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

२०८१ असार ३१ गते

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति र सपथविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो । खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र सपथ बदरको माग गर्दै सोमवार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

Advertisement:

Ad
Ad

रिट निवेदकहरुले संविधानको धारा ७६(२) अनुसार बनेको र प्रचण्डले विश्वासको मत गुमाएकाले सोही धार अनुसार सरकार बन्न नसक्ने उनीहरुको जिकिर छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको छ ।