प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईं पक्राउ

२०८१ मंसिर ०४ गते

प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ।  प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ । प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जनाएका छन् ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेकाे आराेप लगाइएको छ । सीआईबी प्रमुख एआईजी दीपक थापाले प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको बताएका छन् ।

Advertisement:

Ad
Ad

प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।