२०८१ साउन ०९ गते
काठमाडौं । विदेशका मात्रै होइन स्वदेशका केही तस्विर यस्ता हुन्छन् जुन मनमोहकताले ठूला मानिसहरुको पनि ध्यान खिच्न सक्छ । यस्तैमा प्रधानमन्त्री ओलीले आज बिहानै एउटा सुन्दर तस्बिरको प्रसंसा गरेका छन् । जुन तस्बिर राससका सुरेश आचार्यले खिचेको हो ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य समेटिएको फोटो हो । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।
प्रधानमन्त्री ओलीले बिहानै यो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्–
शुभ बिहानी! साउने हरियाली र जुम्लाको मार्सी धान ! आज बिहान मोबाइल हातमा लिनासाथ राससका सुरेश आचार्यले खिचेको यो तस्बिरले मन खिच्यो । हिमनदी, बस्ती र हरियाली धानखेतको तरेली मनमोहक छ ।
प्रतिक्रिया