राजनीतिको पूरै जिम्मा मेरै काँधमा छ जस्तो लाग्छ: प्रचण्ड

२०८२ भदौ ०४ गते

राजनीतिको पूरै जिम्मा मेरै काँधमा छ जस्तो लाग्छ: प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड ले साहित्य, कला संस्कृति जीवनको अत्यन्तै संवेदनशील प्रभावशाली पक्ष भएको बताएका छन्

बाबा बस्नेतका तीन कृति रङ्गीन घरहरू (कथासङ्ग्रह), ढुङ्गामा आकार (कवितासङ्ग्रह) आवाज (श्रव्य नाटकसङ्ग्रह) को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले आफू राजनीतिमा सक्रिय हुनु अघि साहित्यप्रति गहिरो लगाव रहेको उल्लेख गरे

Advertisement:

Ad
Ad

उनले भने, ‘साहित्य, कला व्यक्तिको जीवन सामाजिक जीवनको असाध्यै संवेदनशिल, असाध्यै प्रभावशालि क्षेत्र हो राजनीतिमा लाग्नु अघि मेरो पहिलो प्राथमिकता साहित्य नै थियो

आफूलाई धेरैले भावुक तुरुन्तै मन पग्लिने स्वभावको व्यक्ति भनेर चिनाउने गरेको भन्दै उनले राजनीतिक यात्राको सुरुवात २०२२ वर्षको उमेरमा गरेपनि त्यसअघि उपन्यास, कथा कविता पढ्नमा अत्यधिक समय बिताएको स्मरण गरे

कलासाहित्यतर्फ मेरो गहिरो रुचि थियो, तर राजनीतिमा सक्रिय भएपछि त्यो क्षेत्रमा समय दिन सकिएन अहिले पनि राजनीतिक व्यस्तता यति धेरै कि साहित्यमा समय दिन नपाएकोमा दुःख लाग्छ प्रचण्डले भने

साथै उनले देशको वर्तमान राजनीतिक परिस्थिति अस्थिर संवेदनशिल भएको उल्लेख गर्दै आफूले त्यसको ठूलो जिम्मेवारी बोकिरहेको धारणा व्यक्त गरे

उनले भने, ‘सरकारमा छैन, तर देशको राजनीतिको खम्बा मैले छोडिदिए सबै भत्किने जस्तो लाग्छ ग्र्याल्याम गुर्लुङ ढल्ने पो हो कि जस्तो लाग्छ पूरै जिम्मा मेरो काँधमा जस्तो लागिरहेको

उनले हालको राजनीति संकटपूर्ण मोडमा रहेको संकेत गर्दै आफूमाथि परेको दबाब बारे खुलस्त गरेका थिए