पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै

२०८० चैत ०४ गते

पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै

पोखरा । पोखरालाई आज औपचारिक रूपमा देशको पर्यटकीय राजधानी घोषणा गरिँदैछ । राजधानीको औपचारिक घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् ।

प्रचण्ड शनिबार नै पोखरा पुगिसकेका छन् । उनले आज दिउँसो फेवातालको किनार बाराहीघाटमा हुने कार्यक्रममा राजधानीको औपचारिक घोषणा गर्ने भएका हुन् ।

Advertisement:

Ad
Ad

कार्यक्रममा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको ¥याली निकालिने बताइएको छ ।

कार्यक्रममा सहभागी हुन पर्यटन क्षेत्रका पदाधिकारीहरु पत्रकारहरु लगायत शुक्रबार नै पोखरा पुगेका छन् । विभिन्न सांगितिक र सांस्कृतिक कार्यक्रमका बीच प्रधानमन्त्रीले पोखरालाई पर्यटकीय नगरीका रुपमा घोषणा गर्ने बताइएको छ ।