२०८१ चैत २० गते
काठमाडौँ । प्रदुषण र बाक्लो तुवाँलोका कारण काठमाडौँको वायुमण्डल धुम्मिएको छ । वायु प्रदुषणले बुधबार आँखा पोल्ने पिरो हावा वायुमण्डलमा फैलिएको छ । भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल भएर उँड्ने जहाजहरु आंशिक प्रभावित बन्न पुगेका छन् ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले तुवाँलोले जहाजहरु डिले अर्थात ढिलो उँडान भएपनि जहाज डाइभर्ट या क्यान्सल हुने अवस्था भने नरहेको बताए । शेर्पाले भने, 'मौसम ठिक छैन, उपत्यकामा मात्र होइन देशका धेरै भूभागमा मौसम यस्तै छ त्यसैले जहाजहरु एक दुई घण्टा ढिलो हुनु सामान्य मान्नुपर्नेनै छ ।'
अपरान्ह ३ बजेसम्ममा आन्तरिक तथा अन्तरर्राष्ट्रिय उडान अवतरण भैरहेका छन् । तथापि साविक अनुरुप भने हुन उडान हुन नसकेको शेर्पाको भनाई छ ।
प्रतिक्रिया