२०८१ पुस १७ गते
काठमाडौ । रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उद्यमीहरुलाई सम्मान गरेको छ । स्थापना दिवसको विशेष समारोहको विच सो सम्मान गरिएको हो । सम्मानित भएकाहरुमा कोशी प्रदेशबाट झापाका दिपक चापागाई, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बीनी प्रदेशबाट गुल्मीका रविलाल पन्त , गण्डकी प्रदेश नवलपुरका शिव बहादुर केसी खत्री क्षेत्री र कर्णाली दैलेखबाट राम बहादुर बडुवाल रहेका छन ।
सम्मानित हुनेहरुले रिटर्नीहरुको रुपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै यसले स्वदेशमा केही गर्ने प्रेरणा मिलेको बताएका छन । रिटर्नी फेडेरेशनका ईन्चार्ज कृष्ण बहादुर केसीले विदेशमा दुःख गरेर फर्केका रिटर्नीहरु एकजुट भएर उधमशिलता सहितको राजनीतिमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए। एमाले केन्द्रीय सदस्य समेत रहेका केसीले भोलीका दिनका देशको नेतृत्वमा रिटर्नीहरुले प्रतिनिधित्व गर्ने गरी अगाडि बढनु पर्ने बताए । राजनीतिक नेतृत्व र आगामी परिवर्तनको संवाहकको रुपमा रिटर्नीहरु हस्तक्षेपकारी ढंगले अगाडि बढन अध्ययनशिल हुनपर्नेमा जोड दिए ।
फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सम्मान एउटा सांकेतिक शुरुवात मात्र भएकोले आगामी दिनमा रिटर्नीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम देशभरि फैलाउने बताए । रिटर्नीहरुको संगठन ६३ जिल्लामा फैलिएको छ । चौथो दिवसको दिनसम्म संगठन निर्माणमा साथ दिने सबैलाई धन्यवाद दिदै यो अधिवेशन वर्षमा पालिका देखि केन्द्रसम्म संगठन विस्तार पनि गर्ने र कार्यक्रम भएका ठाउँहरुमा समेत रिटर्नी उधमीहरुलाई प्रोत्साहन समेत गर्ने गरि कार्यक्रम अगाडि बढाउने शिलशिला जारी रहने पनि जानकारी दिए।फेडेरेसन कास्की जिल्ला कमिटीको आयोजनामा पुष्पलाल स्मृति पार्क पोखरामा सरसफाई गर्नुका साथी पार्टी कार्यलयमा केक काटेर स्थापना दिवस मनाइएको छ । झापामा स्थापना दिवस मनाउदैं बुद्धशान्ति गाउँपालिकामा भास्कर गडतौलाको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । नवलपरासीमा धिरज खरेलको अध्यक्षतामा नया कार्यसमित चयन गरेको । यसैगरि फेडेरेसनको स्थापना दिवसको अवसरमा देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरु गरिएको छ ।
प्रतिक्रिया