पत्रकार महासंघको चुनावी रौनक, यस्तो देखियो माहोल (तस्विरहरु)

२०८१ मंसिर २८ गते

पत्रकार महासंघको चुनावी रौनक, यस्तो देखियो माहोल (तस्विरहरु)

काठमाडौँ । नेपाल पत्रकार महासंघको आगामी कार्यसमिति चयनका लागि आज मतदान सम्पन्न भएको छ । आजको मतदानपछि केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।

मतदान बिहान ९ बजेदेखि अपराह्न ४ः०० बजेसम्म चलेको थियो । केन्द्रको चुनाव कमलादीस्थित प्रज्ञाभवनमा भएको थियो । स्वत्तस्फुर्त रुपमा पत्रकारहरु मतदानका लागि सरिक भएका थिए । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

Advertisement:

Ad
Ad

केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् ।

यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।