पति बिष्णुसँग सम्बन्ध बिच्छेद गर्दै गायिका एलिना चौहान, मानाचामल नलिने

२०८१ माघ १८ गते

पति बिष्णुसँग सम्बन्ध बिच्छेद गर्दै गायिका एलिना चौहान, मानाचामल नलिने

काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेस मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।

गत वैशाख ५ मा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो ।

Advertisement:

Ad
Ad

सम्बन्धविच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्का उपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छिन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । तर, बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ ।