पानीमा तैरिने र ३सय ६० डिग्रीमा घुम्ने बिवाईडीको ‘याङवाङ यू८’ गाडी काठमाडौंमा

२०८१ असार ०३ गते

पानीमा तैरिने र ३सय ६० डिग्रीमा घुम्ने बिवाईडीको ‘याङवाङ यू८’ गाडी काठमाडौंमा

काठमाडौं । बिवाईडीको अत्याधुनिक एसयूभी ‘याङवाङ यू८’ काठमाडौं ल्याइएको छ । सोमबार नक्सालस्थित बिवाइडीको शोरुम अगाडि याङवाङ यू८ राखिएको थियो ।

कम्पनीलेयो गाडी नेपाल घुम्न आएका चिनियाँ पर्यटकले ल्याएको  जनाएको छ । याङवाङ यु ८ हाईब्रिड गाडी हो । यो गाडी पेट्रोल तथा विद्युतीय ऊर्जा दुबैको प्रयोगबाट चल्छ । पानीमा तैरिने र एकै स्थानमा रहेर ३सय ६० डिग्रीमा घुम्ने यो गाडी विश्वकै अत्याधुनिक र लक्जरियस गाडीमा पर्छ ।

Advertisement:

Ad
Ad

झण्डै १२०० हर्सपावरको क्षमताको इञ्जिन रहेको ‘याङवाङ यु ऐट’मा विभिन्न सुविधाहरु छन्, जसले यो गाडीलाई चर्चाको लायक बनाएको छ ।