२०८२ वैशाख ३० गते
नवलपरासी । पूर्वी नवलपरासी स्थित मध्यविन्दु नगरपालिका वडा नम्बर ७ र ८ जोड्ने चोरमाराको गिरवारी खोलाको पुल ओभरलोडको कारण भाँचिएको छ। पुल भाँचिएपछि वैकल्पिक सडक खुलाएर सवारी साधन सञ्चालन गरिएको छ । केही बेर दुईतर्फी सडक अवरुद्ध भएको थियो । यद्यपि प्रहरीले सोमबार राति १२ बजेदेखि नै वैकल्पिक सडक खुलाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाएको जनाएको छ ।
पुलको मुखमै बस बिग्रिएको कारण राजमार्ग एकतर्फी रूपमा सञ्चालन हुँदै आएको थियो। म.प्र.०३.००१ क ३१६३ नं.को १८ चक्के कच्चा पदार्थ बोकेको टेलर, जसले होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जाँदै गरेको थियो, सहित अन्य सवारी साधनहरू होल्ड भएपछि उक्त गिरवारी खोलाको पुलको बीच भाग दबिएको प्रहरीले जनाएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वकै दुम्कीवासको फलामे पुल भाँचिएको ४ महिना पछि यो चोरमाराको पुल भाँचिएको हो।
प्रतिक्रिया