निवर्तमान मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतकाे अनुमति

२०८१ कात्तिक २५ गते

निवर्तमान मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौँ ।  कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मानव बेचबिखनको आरोप लागेका अधिकारीमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यसअघि,अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि हवाई मार्गबाट काठमाडौंस्थित मानव बेचबिखन ब्युरो ल्याएको छ। उनीमाथि नक्कली कागजात बनाइदिएर आफुसँगै तीनजना नेपालीलाई जापान लगेको आरोप लागेको छ।

Advertisement:

Ad
Ad