प्रधानमन्त्री कार्यालयको स्पष्टिकरण: गृहमन्त्री अर्याललाई हटाउने विषयमा कुनै निर्णय गरिएको छैन

२०८२ कात्तिक १३ गते

प्रधानमन्त्री कार्यालयको स्पष्टिकरण:  गृहमन्त्री अर्याललाई हटाउने विषयमा कुनै निर्णय गरिएको छैन

काठमाडौं प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको

पछिल्ला दिनहरूमा गृहमन्त्री अर्याललाई हटाउने विषयमा विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले स्पष्टिकरण जारी गरेको

Advertisement:

Ad
Ad

बुधबार जारी विज्ञप्तिमा कसैलाई मन्त्री बनाउने वा हटाउने पूर्ण अधिकार प्रधानमन्त्रीलाई रहँदै आएको कसैको दवाब वा प्रभावमा आधारित भएर यस्तो निर्णय हुने सवाल नै नउठ्ने उल्लेख गरिएको

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको , ‘जेनेजी आन्दोलनबाट उत्पन्न जनअपेक्षाको सम्मान गर्दै बनेको यो सरकार असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी बहन गर्दैछ आगामी निर्वाचन सम्पन्न गर्न, शान्तिसुरक्षा कायम राख्न सुरक्षा निकायहरूको मनोबल उच्च राख्न गृहमन्त्री अर्यालको भूमिका महत्वपूर्ण रहँदै आएको

साथै, प्रधानमन्त्री कार्यालयले गृहमन्त्रीलाई हटाइने भन्ने प्रकारका अफवाह विस्तारै बढ्दै गएको उल्लेख गर्दै यस्ता भ्रमपूर्ण समाचारबाट जनतालाई भ्रममा नपर्न आग्रहसमेत गरेको

विज्ञप्तिका अनुसार यस्ता असत्य जानकारीहरूले सुरक्षा संयन्त्रको मनोबलमा नकारात्मक असर पार्ने भएकाले प्रचारप्रसार नगर्न सबै पक्षलाई अनुरोध गरिएको