२०८१ कात्तिक २८ गते
काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका नवराज अर्याल छन् । त्यसैगरी प्रहरीले अन्तरवार्ता लिने प्राइम टाइम्स् टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषी धमलामाथि पनि सोधपुछ गरेको छ ।
पक्राउ परेका नवराज अर्यालले प्रस्तोता धमलासँगको हालै प्रकाशित एक अन्तरवार्तामा आफूलाई तत्कालिन खानेपानी मन्त्री बिना मगरको सवारी चालक रहेको बेला कञ्चनपुर रहँदा निर्मलाको बलात्कार हुँदै गरेको देखेको बताएका थिए । प्रहरीले अर्यालललाई झुठो तथा दुष्प्रचार गरेर भ्रम छरेको आरोपमा नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रतिक्रिया