२०८२ असार १८ गते
काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।विवादमा परेको संघीय निजामति ऐन आज राष्ट्रिय सभामा पेश हुँदैछ । उच्च पदस्थ सरकारी अधिकृतहरुलाई २ वर्षसम्म कुनै नियुक्ती लिन नपाउने कुलिङ पिरियड राखेर तयार पारिएको भनिएको विधयेकमाथि सांसद तथा कर्मचारीहरुले चलखेल गरी फरक पारेको खुलेपछि यो अहिले विवादित बनेको छ ।
राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशसभा समक्ष टेबुल गर्ने कार्यसूची निर्धारण गरिएको छ । संसदीय समितिमा लामो रस्साकस्सी भएको ‘संघीय निजामती विधेयक’ समितिमा पारित हुँदा एउटा विषय थियो, प्रतिनिधि सभाबाट पारित हुँदा अर्कै भएर आएको भन्दै अहिले चर्को आलोचना भैरहेको छ । संघीय निजामती विधेयकको दफा ८२ को उपदफा ४ मा ‘कूलिङ अफ पिरियड’ राखिएको छ भने उपदफामा यसलाई निष्प्रभावी बनाइएको छ ।
अब राष्ट्रिय सभाले उक्त व्यवस्था सच्याउनु पर्ने आवाज उठिरहेको छ ।
प्रतिक्रिया