नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने झन्डै दुई अर्बले घट्यो

२०८१ चैत ११ गते

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने झन्डै दुई अर्बले घट्यो

काठमाडौँ।  हिजो ५० अंकभन्दा बढीले घटेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ। यस दिन नेप्से परिसूचक २६.१० विन्दुले बढेर २६४०.७८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.९९ प्रतिशतले बढेको हो ।

नेप्स परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन छ अर्ब ३२ करोड करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ५८ हजार दुई सय ३५ पटकको कारोबारमा चार अर्ब ४८ करोड बराबरको किनबेच भएको छ । जसमा २१० कम्पनीका शेयर बढेका छन् भने ३३ कम्पनीका शेयर घटेका छन् ।

Advertisement:

Ad
Ad

सोमबार सर्वाधिक बढ्ने स्टकमा गर्डीयन माइक्रो लाइफ इन्स्योरेन्स रह्यो जसको शेयर ९.५१ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा अप्पर हेवा खोला हाइड्रोपावर रह्यो जसको शेयरमा ४.२६ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको ३२ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सानिमा ग्रोथ फन्डको शेयर रह्यो जसको चार लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ।