नेप्सेमा दोहोरो अंकको गिरावट, पाँच अर्ब ६५ करोडको कारोबार

२०८१ चैत २५ गते

नेप्सेमा दोहोरो अंकको गिरावट, पाँच अर्ब ६५ करोडको कारोबार

काठमाडौँ।  सोमबार नेप्से दोहोरो अंकले घटेको छ। यस दिन नेप्से परिसूचक ३२.४५ विन्दुले घटेर २६७०.९४ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.२० प्रतिशतले घटेको हो ।

नेप्स परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन सात अर्ब ८४ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ५५ हजार सात सय १२ पटकको कारोबारमा पाँच अर्ब ६५ करोड बराबरको किनबेच भएको छ । जसमा २३ कम्पनीका शेयर बढेका छन् भने २२१ कम्पनीका शेयर घटेका छन् ।

Advertisement:

Ad
Ad

सोमबार सर्वाधिक बढ्ने स्टकमा बुटवल पावर कम्पनी रह्यो जसको शेयर ६.७५ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा हिमालयन पावर पार्टनर रह्यो जसको शेयरमा ५.३५ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको ५० करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा राधि विद्युत कम्पनीको शेयर रह्यो जसको छ लाख ३० हजार कित्ता शेयर किनबेच भएको छ।