नेप्से परिसूचकमा ठूलो अङ्कको गिरावट, कारोबार रकममा भने वृद्धि

२०८१ असोज ०७ गते

नेप्से परिसूचकमा ठूलो अङ्कको गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौँ। आइतबार सामान्य अंकको सुधार देखिएको नेप्से परिसूचकमा आज भने ठूलो अंकको गिरावट आएको छ । यस दिन बजार ५९.०२ अंकले घटेर २५२९.३३  बिन्दुमा बन्द भएको छ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः २.२८ प्रतिशतले घटेको छ।

नेप्से ठूलो अंकले घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । आइतबार ५ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३२९ स्टकको ७७ हजार एक सय ५३ पटकको कारोबारमा ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको एक करोड ३५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा १४ वटा कम्पनीको शेयर बढेको छ र २२९ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै एक कम्पनीको शेयर भने स्थिर रहेको छ ।

Advertisement:

Ad
Ad

सोमबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ५.५६ प्रतिशतले घटेको छ  । त्यस्तै सबैभन्दा कम घट्नेमा  म्युचुवल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ०.४८ प्रतिशत घटेको छ।

यस दिन सर्वाधिक बढ्ने स्टकमा हिमालयन हाइड्रोपावर रह्यो जसको शेयरमा ९.८४ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै सर्वाधिक घट्नेमा गुडविल फाइनान्स, सम्वृद्धि फाइनान्स, इस्टर्न हाइड्रोपावर, र एनआइसी एसिया फ्लेक्जी क्याप फण्ड रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

सोमबार  सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स रह्यो जसको २१ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर रह्यो जसको ५ लाख कित्ता शेयर किनबेच भएको छ ।